arrow

गीतको आवाज कम गर्न आग्रह गर्दा गर्भवती महिलाको गोली हानी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
crime-final-everytime-use.jpg

नयाँदिल्ली । भारतको नयाँदिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । गोली लागेपछि अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त महिलाको महिलाको गर्भपातसमेत भएको थियो । यसरी मृत्यु भएकी रञ्जुलाई अप्रिल ३ मा उनका छिमेकी हरिशले गोली हानेको थिए । हरिशको घरमा आयोजित कार्यक्रममा चर्को स्वरमा संगीत बजाएपछि सानो स्वरमा बजाउन आग्रह गर्न गएकी महिलाको आरोपीले गोली प्रहार गरेका थिए ।

डेपुटी कमिश्नर अफ पुलिस (आउटर दिल्ली)रवि कुमार सिंहले भने, ‘त्यस पछि उनी माथी गोली हानियो, गोली लागे पछि तीन महिलाको गम्भीर अवस्थामा रहेको पाईएपछि उनलाई महानगरीय अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रहरीले मृतक मञ्जुका छिमेकी हरिशबिरुद्ध मुद्धा दर्ता गराएको छ । प्रहरीका अनुसार एफआईआरमा उनलाई भारतीय दण्ड संहिताको धारा–३०२ (हत्या) को आरोप लगाइएको छ ।

घटनामा संलग्न हरिशसहित उनका साथी अमितलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनामा अमितको बन्दुक प्रयोग भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ