arrow

जग्गा भासिएको सम्बन्धमा समिट होटलले पार्‍यो स्पष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
summit-apartment-clash (1).jpg

काठमाडौं । ललितपुर महानगरपालिका १, काेपुन्डोल हाइटमा साविक समिट होटल रहेको स्थानमा समिट रेजिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको पाइलट प्रोजेक्टको काम चलिरहँदा गत शनिबार भासिएको जग्गा सम्बन्धमा समिट होटलले स्पष्ट पारेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै होटलले शनिबार साइटको पूर्वदक्षिणतर्फको केही जमीन भासिन गर्ए स्थानीयवासीको आवासमासमेत असर पारेकाले उक्त समस्या देखिएलगत्तै निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरी समस्या समाधानका लागि सहमति भइसकेको जनाएको छ । 

उसले सोही सहमतिअनुसार आगामी काम अगाडि भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नक्सापासको सन्दर्भमा यस परियोजनाको नक्सा सम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको जानकारी गराइन्छ । साथै नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेश गरिने बारेमा नगरप्रमुखज्यूलाई जानकारी गराइसकिएको बारेमा पनि जानकारी गराइन्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ