arrow

विस्केट जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
IMG-20230410-WA0005.jpg

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शुरु भएको छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।

भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरु भएको हो । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

नव वर्षको आगमनसँगै शुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमीमा तीन दिन मनाइन्छ ।

जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा शुरु भएको छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ ।

IMG-20230410-WA0004.jpg
IMG-20230410-WA0005.jpg
IMG-20230410-WA0002.jpg
IMG-20230410-WA0011.jpg
IMG-20230410-WA0003.jpg
IMG-20230410-WA0008.jpg
IMG-20230410-WA0010.jpg
IMG-20230410-WA0007.jpg
IMG-20230410-WA0006.jpg
IMG-20230410-WA0009.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ