arrow

विमानमा कुटाकुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
air-india2.jpg

भारत । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ ।
 
एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भने,“कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई-१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ ।

सोमबार बिहान ६:३० बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो । 

यस सम्बनधमा एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अप्रिल १०, २०२३ मा दिल्ली-लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ-१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ । मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पुर्‍याएपछि कमान्डमा रहेका विमान चालकले आफु दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ ।

एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरीमा एफआइआर पनि दर्ता गरिएको छ । एयर इन्डियामा हाम्रो लागि जहाजमा सवार सबैको सुरक्षा र सम्मान महत्वपूर्ण छ । हामी प्रभावित चालक दलका सदस्यहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछौं ।” 

अन्य यात्रुहरुलाई परेको असुविधाप्रति कम्पनीले दु:ख प्रकट गर्दै सोमबार दिउँसो लण्डनका लागि उडान तालिका परिवर्तन गरेको जनाएको छ । 

विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ । आरोपी र पिडित दुवै दिल्ली बाहिरका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ