arrow

दुई करोड काण्डमा मुछिएका ढाकाबारे रास्वपाले बुधबार निर्णय लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
dhakakumar-shrestha-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा बुधबार निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले डा. ढाकाबारे बुधबार निर्णय लिने भएको हो ।

केन्द्रीय समितिको बैठक बोलाएर बुधबार निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा भएको चुनावी सभामा उनले उक्त कुरा बताएका हुन् ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि उनी कारबाही गरेरै छाड्ने मनस्थितिमा रहे पनि उपाध्यक्ष डोलप्रसाद अर्याल लगायतको टिम भने कारबाही गर्न नहुने पक्षमा रहेको पाइएको छ । 

थप यो समाचारमा–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ