arrow

राष्ट्रिय अनुसन्धान विभाग इतिहासकै कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
raaabi.jpg

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग इतिहासमै सबैभन्दा कमजोर भएको छ । गोप्य सूचना र सुराकी गर्ने तथा सुरक्षा योजना बनाउन सहयोग पुर्याउने निकाय नै इतिहासमै कमजोर भएको हो । 

प्रधानमन्त्रीले राम्रोसँग परिचालन गर्न नसक्दा र भएको जनशक्तिले राम्रोसँग काम गर्न नसक्दा कमजोर भएको हो । 'मुलुककै भरपर्दो र विश्वासिलो खुफिया एजेन्सी सूचनामा अहिलेजस्तो पहिला कहिल्यै कमजोर भएको थिएन । भारतीय सुरक्षा अधिकारीहरु नेपाल आउने, अमृतपाल खोजीका लागि खुफिया एजेन्सीले अर्को खुफिया एजेन्सीसँग समन्वय नगर्ने जस्ता विषय निकै संवेदनशील कुरा हुन् । यस्ता विषयले विभागको सूचना संयन्त्रप्रति अविश्वास पैदा हुनु हो’, विभागका एक अनुसन्धान निर्देशकले भने । 

उनका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु जिल्ला प्रशासन कार्यालयमा घाम ताप्ने र बस्ने मात्रै काम भएको छ । प्रदेशमा गएका अधिकारीहरुले पनि तस्करी र सीमा हुने गरेका गतिविधिका बारेमा सरकारलाई कुनै पनि प्रकारको गहिरो सूचना दिन सकेका छैनन् ।

भारतीय विखण्डनकारी खालिस्थान अभियानकर्ता अमृतपाल सिंह नेपालमा रहे नरहेको भन्ने बारेमा सरकारले दुई सातादेखि मागेको विवरण र सूचनालाईसमेत विभागले दिन सकेको छैन ।

'प्रधानमन्त्री कार्यालयमा यो विषयमा निकै छलफल भयो, गृहमन्त्रालयमा पनि छलफल भयो तर कुनै विवरण र प्रतिवेदन प्राप्त भएको छैन’, स्रोतले भन्यो । 

अहिले विभागको प्रमुखमा हुतराज थापा रहेका छन् । उनी गत भदौमा हालका प्रधानमन्त्री त्यतिबेला प्रमुख सत्ता साझेदार पुष्पकमल दाहाल प्रचण्डै जोडबलमा बढुवा भएका थिए । 

गत भदौ २७ गतेबाट अनुसन्धान निर्देशक (डीआईजी) खाली भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । नेपाल प्रहरीमा भने ११ महिनाकोबीचमा दुई आइईजीपी नै नियुक्त भए पनि अनुसन्धान विभागमा भने नौ महिनादेखि खाली रहेको डीआईजी पनि नियुक्त हुन सकेको छैन । 

राम्रो सूचना नै नआउने भएपछि प्रधानमन्त्री मातहत निकायलाई स्वयं प्रधानमन्त्रीले उपेक्षा गरेका हुन् कि भन्ने आशंका रहेको छ । यतिबेला अमूक व्यक्तिको प्रभावमा परी त्यसका प्रमुख हुतराज थापा समेतले विभागलाई गति दिन नसकेको र विभागलाई निकम्मा बनाइरहेको स्रोतको दाबी छ । विभागको सूचना संयन्त्रमा व्यापक असर परेको त्यहाँका कर्मचारीहरुले बताउने गरेका छन् । 

प्रधानमन्त्री मातहतको निकायमा समेत यस्तो बेतिथि रहेको अवस्थामा अरु कर्मचारीले प्रधानमन्त्रीबाट कस्तो आश गर्ने भनी प्रश्न चिन्हसमेत उठेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहेता पनि राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि हटाइएको छ । 

राष्ट्रिय अनुसन्धानको सूचना संकलनमा रहेका माधव तिमल्सेना जुन निकायको मुटु हो त्यहाँ कार्यरत तिमल्सेना ३० वर्षे सेवा हटेपछि फाइदाको जागिर खाइरहेका छन् । उनले विभागीय प्रमुखलाई पनि गुमराह राखेको भन्दै कर्मचारीहरुले गुनासो गरे पनि विभागका प्रमुख थापा चुपचाप प्रधानमन्त्री कार्यालय धाउने गरेको स्रोतको दाबी छ । 

केही समयअघि भारतीय नागरिकले नेपाल आएर गोली प्रहार गरेको घटनामा पनि विभागका सूचनादाताहरु बेखबरजस्तै बनेका थिए । सरकारले विभागको सूचनालाई भन्दा पनि नेपाल प्रहरीको विशेष व्यूरो, सशस्त्र प्रहरीको इन्टेलिनजेन्स व्यूरो र नेपाली सेनाको डीएमआईबाट आउने सूचनाको आधारमा आन्तरिक र बाह्य सुरक्षा योजना बनाउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ