एफएनसीसीआईको निर्वाचनः वरिष्ठ उपाध्यक्षमा पुनः मतदान, अञ्जन र उमेशबीच प्रतिस्पर्धा, संघई बाहिरिए
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
726
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ। तीन जनाबीच प्रतिस्पर्धा भएकामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने हुन्छ। कसैको पनि उक्त मत नपुगेपछि पुनः मतदान हुने भएको हो ।
मतदान आज दिउँसो २ बजेदेखि हुने भएको छ।
प्राप्त मतभारका आधारमा वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने पहिलो चरणबाट बाहिरिएका छन् ।
महासंघको निर्वाचन समितिले दिएको विवरणअनुसार अञ्जनले ३८ प्रतिशत पाएका छन्। दोस्रो स्थानमा रहेका उमेशलालले ३१.५१ र रामचन्द्र संघइले ३०.४८ प्रतिशत मतभार पाएका छन् ।
उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् ।