arrow

एनसेल भोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
ncell-eSIM-VoLTE-4-11.jpg

काठमाडौँ। यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन्। एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात् एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ।

  • आईफोन ८ र त्यसपछिका सबै आईफोन सिरिजमा भोल्टे सेवा 
  • १०० मिनेट अन–नेट भोल्टे टक टाइम बोनसको सुविधा
  • ई–सिममा अपग्रेड गर्दा २ जीवी फोरजी डेटा बोनस

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ। भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्। 

एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन्। आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरूले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन्।

यसरी योग्य भएका ग्राहकले एष्ट्रिक्स१७२०१ह्यास् डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्छन्। भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोग गर्ने ग्राहकहरूका लागि एउटा अर्को पनि योजना ल्याएको छ। यस अन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीवी बोनस डेटा पाउँछन्। बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेता मार्फत आईफोन खरिद गरेका ग्राहकहरूका लागि लागू हुनेछ।

आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ। ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन। अन्य ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम निःशुल्क लिन सक्छन्। 

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन्। ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ