arrow

१० वर्षीया दक्षिण काश्मीरकी बालिकाले एक महिनामा लेखिन् कुरान

logo
एजेन्सी,
प्रकाशित २०७९ फागुन ३० मंगलबार
muntaha-maqsood-shopian-south-kashmir.jpg

काश्मीर। दक्षिण काश्मीरको शोपियाकी १० वर्षीया बालिकाले ३० दिनमा कुरानको ३० वटा अध्याय हस्तलिखित गरेकी छन्। किन्डरगार्टेन पब्लिक स्कूलमा कक्षा ५ मा अध्ययनरत चित्रागाम शोपियाका मकसुद अहमद गनीकी छोरी मुन्ताहा मकसुदले लगभग ७०० पृष्ठमा कुरान लेखेकी हुन्।

समाचार एजेन्सी केएनओ मुन्ताहालाई उद्धृत गर्दै उनले कुरान पढ्न सुरु गर्दा उनी उनी चार वर्षकी रहेको बताइएको छ।  'मैले मेरो नाजिरा पूरा गरिसकेको छु र आफ्नो हातले कुरान लेख्नु मेरो सपना थियो। फेब्रुअरीमा, मैले यसलाई लेख्ने निर्णय गरेँ र ६९२ पृष्ठहरूमा कुरान लेख्न पूरा गरेँ,' उनले भनिन्।

'मेरो परिवारले मलाई यो प्रक्रियामा पूरै साथ दिए। म मेरो भाइ हाफिज साहिल गनीलाई धन्यवाद दिन चाहन्छु जो मेरो प्रेरणा हुन् र उहाँले मलाई मद्दत गर्नुभयो र मेरो नैतिक कम्पासलाई बलियो बनाउनुभयो,' उनले थपे।

उनले युवाका नाममा सन्देश दिँदै समाजलाई राम्रो बनाउनको लागि मृत्युपछिको जीवनलाई बढी प्राथमिकता दिनुपर्ने र सामाजिक कुरीतिबाट टाढा रहनुपर्ने बताएकी छन्।

उनले महिलालाई शिक्षा दिनु भनेको सम्पूर्ण परिवारलाई शिक्षित बनाउनु सरह मानिने तर शिक्षाले इस्लामबाट टाढा लैजान नहुने बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ