arrow

आईफोनमा पनि एनसेल भोल्टे सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
ncell-volte.jpg

काठमाडौं । आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् ।  

एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपश्चात् एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिनेछ । 

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सनेछन् ।

एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ताले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् ।

आईफोन आठ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरूले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन् । 

यसरी योग्य भएका ग्राहकले एष्ट्रिक्स १७ हजार २०१ ह्यास् डायल गरि भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ