बस दुर्घटनामा हुँदा १० को मृत्यु, २५ को जीवितै उद्दार
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
563
Shares
काठमाडौं । भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ ।
पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो । घाइतेहरुको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।