arrow

जापानी प्रधानमन्त्रीमाथि आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
fumio-kishida-japan-pm.jpg
तस्बिर – फाइल ।

टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो । 

वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । उनीहरुतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण शुरु गर्नुअघि नै आक्रमण भएको हो । 

सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । एउटा बन्दरगाहमा भिषण विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन ।

घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ। 

जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो ।

उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ