arrow

भारतमा १० हजार बढीमा संक्रमण, २३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
recovery-india-corona.jpg

काठमाडौं ।  भारतमा १० हजार ९३ जनामा ​​कोरोना संक्रमण देखिएको छ । यो सङ्ख्या शनिबारको भन्दा कम हो। 

शनिबार १० हजार ७ सय ५३ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ११४ पुगेको छ।

योसँगै पछिल्लो २४ घण्टामा करिब १ लाख ७९ हजार ८ सय ५३ जनाको कोरोना परीक्षण भएको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार २४८ जना निको भएका छन् । 

जसमा संक्रमणबाट निको हुनेको सङ्ख्या ४ करोड ४२ लाख २९ हजार ४५९ पुगेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ