arrow

हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
helicoptor2.jpg

जापान । दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आइतबार फेला परेको छ । 

गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कबिहीन भएको थियो । 

गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आइतबार हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै समाचार समिति क्योदोले जनाएको छ । 

सैनकि कमाण्डर लेफ्टिनेन्ट जनरल युइची साकामोटोसहित पाँच जनाको शव भेटिए पनि बाँकी चार जना डिफेन्स फोर्सका कर्मचारी हुन् वा होइनन् भन्ने पुष्टि भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ