arrow

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
gathabandhan-2080-01-04.jpg

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा बसेको छ । सत्ता गठबन्धनका पाँच दलका नेताहरूबीच छलफल भएको हो । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल गर्न नेताहरु भेला भएका हुन् । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्मा पुगेको छ । यसअघि प्रचण्ड र देउवा सभामुख देवराज घिमिरेसहित आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर यही विषयमा छलफलसमेत गरेका थिए । 



नयाँ