arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
city-express-csr.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई रु ५ लाख रकम सहयोग गरेको छ। नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको “कोष स्थापना र सञ्चालन कार्य व्यवस्था नियमावली २०५५ अन्तर्गत वि.स. २०३९ साल देखि सञ्चालित राष्ट्रिय अपाङ्ग कोषले देशभरिमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता पुनर्स्थापना का साथै चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषद्द्वारा स्थापित सञ्चालित कोष हो।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक  १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, बैसाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थापेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरूलाई सेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलाई  उक्त रकम सहयोग गरेको हो।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ