arrow

कर्णाली सरकारमा कांग्रेस, तीन मन्त्रीले सपथ लिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
karnali-pradesh-province-6.jpg

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागिता जनाउन लागेको हो । 

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसबाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिँदैछन् । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो । 
 
कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । 

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ