arrow

बालिका करणी गरी फरार रहेका आरोपी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
pakrau9.jpg

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जबरजस्ती करणी गरेर फरार रहेका आरोपितलाई पक्राउ गरेको छ ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार शैल्यशिखर नगरपालिका–४ सल्यारी गाउँपन्यारका ४५ वर्षीय बिसन ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरोपित ठगुन्नाले गाउँकी सुस्त मनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएका थिए । वैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनी विरुद्ध उजुरी दिएका थिए । 

उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधवार जिल्ला सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट पक्राउ गरेको हो । आरोपितलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ