arrow

मोस्ट वान्टेड दुई नक्सवादी महिला कमाण्डर मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
indian-maoist-naxalite.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। मध्य प्रदेशको बालाघाट जिल्लामा मुठभेडका क्रममा प्रहरीले दुई नक्सलवादी महिला कमाण्डरलाई मारेको छ। भारतीय प्रहरीले यी दुई नक्सलवादी महिलाका लागि १४–१४ लाख भारतीय रुपैयाँ (झन्डै २५ लाख नेपाली) पुरस्कार घोषणा गरेको थियो।

सो घटनाको जानकारी पाए लगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए। उनीहरू मध्य एक जना एरिया कमाण्डर तथा अर्का गार्ड रहिसकेका दुई ठूला महिला नक्सलवादी कमाण्डर रहेको खुलेको थियो। बालाघाट प्रहरीले यसको पुष्टि गर्दै दुवैको साथबाट हतियार, कारतुस र अन्य सामग्री बरामद भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार नक्सलवादी महिला कमान्डरहरूसँग गढी थाना क्षेत्रमा प्रहरीसँग भिडन्त भएको थियो।

प्रहरी उपरीक्षक समीर सौरभका अनुसार शनिवार बिहान गढी थाना अन्तर्गत कडला जङ्गलमा हकफोर्स र नक्सलवादीबीच भिडन्त हुने क्रममा उनीहरू मारिएको हुन।

मध्य प्रदेशको बालाघाट जिल्ला लामो समयदेखि नक्सलवादको समस्यासँग लडिरहेको छ। बालाघाट प्रहरीले गत वर्ष पनि ६ जना नक्सलवादीलाई मारेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ