arrow

अमृतपाल सिंह भारतमै पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
amritpal-singh-rebel.jpg
तस्बिर – फाइल ।

नयाँ दिल्ली । खालिस्तानी नेता अमृतपाल सिंहलाई भारतको पञ्जाब प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपाललाई गिरफ्तार गरेको हो । 

पञ्जाब प्रहरीले ट्वीट गरेर यसको जानकारी दिएको हो । शुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । 

‘पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । अमृत पाल सिंह पञ्जाबको मोगावाट गिरफ्तारमा परेका छन् । यसका साथै पञ्जाव पुलिस यो अपील गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाइयोस्’ पञ्जाब प्रहरीले भनेको छ । 

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सीमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पञ्जाबमा नै पक्राउ परेका हुन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ