arrow

राप्तीसोनारीमा बस दुर्घटनाः १३ घाइते, १२ सकुशल

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख ११ सोमबार
raptisonari-bus-accident.jpg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको अगैया बजार नजिक बस दुर्घटना  हुँदा १३ जना घाइते भएका छन् ।

राप्तीसोनारीको  वडा नं २ जिरो भन्ने स्थान नजिक नेपालगञ्जबाट दाङ जाँदै गरेको भे१ख ३०३२ नम्बरको बस सोमबार दिउँसो दुर्घटना भएको हो। 

दुर्घटनामा  २ जना बालक सहित १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको  छ। 

बसमा सवार अन्य १२ जना सकुशल रहेको बाँके ट्राफिकले जानकारी दिएको छ। 

ट्राफिक प्रहरीका अनुसार  तीब्र गतिमा रहेको बस अनियन्त्रीत भई दुर्घटना हो। बस दुर्घटनामा घाइते भएकाहरुलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ