arrow

अर्थमन्त्री महत पुगेपछि रोकिएको राष्ट्रिय सभा बैठक चालु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
prakashsharan-mahat-finance-minister-parliament.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नआएको भन्दै स्थगित भएको राष्ट्रिय सभा बैठक चालु भएको छ । १४ मिनेटका लागि स्थगित गरिएको बैठक अर्थमन्त्री डा. महत आएपछि चालु भएको हो ।  

अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको थियो । 

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाका थिए । 

यसपछि अध्यक्ष तिमिल्सिनाले १४ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर अर्थमन्त्री महत आएपछि भने बैठक जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ