arrow

स्वर्णिमले भने- राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गरिनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
swarnim-wagle.JPG

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले  राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताएका छन् । निर्वाचित भएपछि बुधबार देवघाटका मतदातासँग यस्तो बताएका हुन् । 

टीका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उनले भने, “कुनै ठाउँको टिकट दिनुपर्दा माथिबाट टीका लगाएर पठाइदिने होइन, सम्बन्धित ठाउँका जनताले त्यहीबाट छान्ने हो ।” 

अन्य क्षेत्रमा नाम कमाएर सफल भएकालाई भित्र्याएर बढीमा दुई पटक अवसर दिने परम्परा सुरु गरिने बताउँदै उनले भने, “एउटै मान्छे आजीवन लडिरहने प्रवृत्तिको अन्त्य गरिनेछ । कार्यकर्ताको भद्दा संरचनाले विकृति बढाएको छ । रास्वपा त्यसतर्फ जाँदैन ।” उनले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ