arrow

नयाँ सरकारका लागि लुम्बिनीमा दाबी पेश गरिँदै, कांग्रेस र माओवादीबीच नेतृत्वको रस्साकस्सी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
lumbini-province-9.jpg
तस्बिर – फाइल ।

दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दलहरुले दाबी पेश गर्दैछन् । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न आज अपरान्ह ४ बजेसम्मको समय दिएका छन् । 

सो आह्वान गरिए अनुसार आज राजनीतिक दलहरुले दाबी पेश गर्न लागेका हुन् । मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सूचना जारी गरेर दाबी पेश गर्न भनेका हुन् । 

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन् । तर कसको नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन ।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए । 

यद्यपि दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबीपेश गर्ने जनाउँदै आएका छन् । 

प्रदेशमा एमाले ठूलो दल हो । तर केन्द्रबाट एमाले बाहिरिएसँगै प्रदेशमा पनि बाहिरिने क्रम चलेको हो । अहिलेसम्म तीन प्रदेश सरकारको नेतृत्वबाट एमाले बाहिरिइसकेको छ । 

लुम्बिनी छाड्न नमानेको एमालेले प्रदेश प्रमुखलाई संविधानको धारा १६८ को २ नभइ ३ अनुसार ठूलो दलले सरकारको नेतृत्व गर्न पाउनु पर्ने गरी आह्वान गर्न आग्रहसमेत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ