arrow

मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गरौँ : बिजुक्छेँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
narayanman.JPG

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् । 

भक्तपुर नगरपालिका–९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको अभिलेख सङ्ग्रह गरी भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८०’ पुस्तक सार्वजनिकीकरण गर्दै उनले धर्म, कला र संस्कृतिको नयाँ पुस्ताले संरक्षण गर्नुपर्ने बताए ।

असल नियतले बहुमत जनताको हित हुने काम गर्नु पनि धर्म हो भन्दै उनले भक्तपुरका कालीगडहरूले देशका अन्य जिल्लाको सम्पदा निर्माणमा क्रियाशीलता देखाउँदै कला, धर्म र संस्कृतिको संरक्षण गरिरहेको बताए । 

अध्यक्ष बिजुक्छेँले भने, “हामीसँग भएको मौलिक सीप अरू कसैसँग छैन, हामीसँग भएको पाटी र मन्दिर निर्माण गर्ने सीप आफैँमा महत्त्वपूर्ण छ, यसलाई पुस्तान्तरण गर्दै जानु आवश्यक छ ।”
 
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति चाँगुनारायण मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा एक हजार पाँच सयभन्दा बढी व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको बताए । 

नगर प्रमुख प्रजापतिले भने, “वाकुपति मन्दिर परिसर धार्मिक र सांस्कृतिक महत्त्व बोकेको ठाउँ हो, यसलाई ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा दिने आदर निकेतनका रूपमा विकास गर्नसके यसको महत्त्व अझ बढ्नेछ ।”

मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा करिब एक हजार पाँच सय ४७ जनाबाट रु एक करोड १५ लाख ९५ हजार छ सय २८ सङ्कलन भएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ