arrow

सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी

प्रचण्डलाई प्रेम सुवालको सुझाव - देश विकास गर्न नसके राजीनामा दिनुस्

मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
prem-suwal-prachnda.jpg

काठमाडौँ ।नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रचण्डले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए । उनले अघिल्लो सरकारहरूले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । 

राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए । उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ ।

उनले भने, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भने, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो । प्रधानमन्त्रीको भनाइ । अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि । होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि । राणा शासनको विरुद्ध लडेको, पञ्चायतको विरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ । जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर । हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ । प्रधानमन्त्री भएर भाग्न पाइन्छ । यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन् । २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गनुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईँको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्र मन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । परराष्ट्र मन्त्रीले एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो दिनको सात हजार राहदानी वितरण गर्नुपर्छ रे । देशलाई नर्क बनाउने काम भएको छ । निर्वाचनमा जित्नु मात्रै ठुलो कुरा होइन । अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले यस्तो चासो नै राखेको छैन ।’

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्ष दिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । उनले हरेक प्रधानमन्त्री र मन्त्रीहरूलाई खानेपानीको धारा खोल्नुपर्ने रहरले समस्या निम्तिएको बताए । उनले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरे पनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए । हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकाले पनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिए ।

उनले भने, ‘उपत्यकाभित्र खाद्यान्न, आवतजावतको समस्या हुन्छ । देश विकास हुँदैन । खानेपानीको समस्या छ काठमाडौँमा । काठमाडौँमा मेलम्चीको पानी ८ पटक उद्घाटन भयो । एक पटक मात्रै उद्घाटन गरेर पानी ल्याइदिएको भए हुन्थ्यो नि । हरेक प्रधानमन्त्रीलाई धारा खोल्नुपर्ने छ । हरेक खानेपानी मन्त्रीलाई धारा खोल्नुपर्ने । हेलम्बुबाट यो पानी आउने रहेछ, त्यहाँको भूगर्भ यति जोखिमपूर्ण रहेछ की, ६० अर्ब रुपैयाँ खर्च भएको छ, मेलम्चीको लागि अर्को ६० अर्ब खर्च गरे पनि पहिरो रोकिँदैन । मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक पर्छ, नेपालले धान्न सक्दैन । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेका छौँ । निकालिसकेपछि पुनः भरणको काम गर्नुपर्छ । झनै भूकम्पको जोखिम हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ