arrow

पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन्- बिजुक्छे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
narayanman.jpg

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरू नै देशको बहुमत जनता भएको बताएका छन् । शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्ने कुरा सत्य नरहेको बताए । उनले उनीहरूको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरूले राम्रो काम गर्नुपर्ने बताए । उनले पुरातात्त्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरूले चासो नदिएको बताए ।

उनले भने, ‘मजदुर किसानहरू नै देशको बहुमत जनता हो । ठुला ठुला मानिसहरूको भ्रष्टाचारको विषयमा त पूर्व वक्ता साथीहरूले भनी हाल्नुभयो । पद ठूलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरू राम्रा हुन्छन् भन्ने कुरा सत्य होइन । त्यस कारण तिनीहरूको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्ने कुरा मनमा राखौँ ।’

उनले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए । उनले नयाँ पुस्ताले प्राचिन इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ