arrow

रास्वपाले रविलाई नेता र सरकारप्रतिको धारणा स्पष्ट पार्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ ।  आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ । दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।  उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेता बन्ने भएका छन् । उक्त पार्टीको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ । 

साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई रास्वपाको समर्थन छ । पछिल्लो समय गृह मन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन । चितवन जितेसँगै रविले सरकारलाई दिएको समर्थनबारे सोच्ने बताएका थिए । सोसँगै रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन् । 

हिजो मात्र रविले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीले सरकारप्रति पार्टीको धारणा सोधेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ