arrow

सचेतकमा डाँगी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।

रास्वपाको संसदीय दलको सोमबार बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

“हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उनले भने, “निशा डाँगीलाई सोमबार सचेतक बनाउने निर्णय गरेका छौँ ।”

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ