arrow

रास्वपाका यी हुन् विभागीय प्रमुख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका ३६ विभाग गठन गरी ती विभागमा विभागीय प्रमुख तोकेको छ । 

बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । यसैगरी कविन्द्र बुर्लाकोटीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

त्यसैगरी शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, शिक्षा विभाग सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग डा तोसिमा कार्की, कृषि तथा सहकारी विभाग अशोक चौधरी र सार्वजनिक लेखा समिति विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ