arrow

भारतले राख्यो आन्तरिक उड्डयनमा नयाँ रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
spicejet.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको आन्तरिक उड्डयन क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ । एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरेपछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो । 

गत आइतबार अर्थात् ३० अप्रिलका दिनमा  ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन् । यससँगै आन्तरिक हवाई सेवामा एकैदिन सबैभन्दा धेरै व्यक्तिले हवाइ यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो ।

भारतीय सञ्चारमाध्यमकाच अनुसार २ हजार ९ सय ७८ उडानमार्फत् यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन् ।

इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ