- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर। ललितपुरको झम्सिखेलमा रहेको विन्ड हर्स ग्यालेरीमा चलिरहेको ‘पोस्टकार्ड्स फ्रम काठमाडौंज् पास्ट’ मा कसिस दासले आफ्ना तिन पुस्ते कामलाई एकै थलोमा जुटाएका छन्। हजुरबुवा द्वारिका दास, बुवा ज्ञानेन्द्र दास र कसिसदासका समयका काठमाडौंका दृश्यले ग्यालेरी सजिएको छ।
विन्ड हर्स ग्यालरीमा ‘पोस्टकार्ड्स फ्रम काठमाडूज पास्ट’ प्रदर्शनीमा राखिएका तस्बिरमा १९६० देखि २०२३ सम्मको काठमाडौं उपत्यकाको परिवर्तित स्वरूप देख्न सकिन्छ ।
काठमाडौंलाई तस्विरबाट नियालेका उनी २१ औं शताब्दीमा सबै पुरानै शैलीको रहिरहन नसक्ने स्वीकार्छन्। तर, काठमाडौंले के गुमाइरहेको छ भनेर आउने पुस्ताले सोच्नुपर्ने उनको बुझाई छ ।
यो प्रदर्शनी बैशाख १५ देखि २१ सम्म चल्ने छ ।