arrow

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

logo
सिन्ह्वा,
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
pakistan-currency.jpg

पाकिस्तान । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।

गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । 

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।

पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ