arrow

कश्मीरमा झडप हुँदा दुई भारतीय सैनिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
kashmir-bandipora-terrorists.jpg
तस्बिर – फाइल ।

श्रीनगर । भारत प्रशासित कश्मीरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ । सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतङ्ककारीहरूको एक समूहलाई भेटेको छ । ”

त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए । 

सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन् ।

यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ