arrow

शक्तिशाली भूकम्पः एकको मृत्यु, २१ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
japan-earthquake-2023.jpg

टोकियो । जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ रेक्टर स्केलको भूकम्प गएको हो । मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।

“त्यहाँ एक ठूलो, लामो कम्पनको महसुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महसुस गरिएको थियो । “कम्पन निरन्तर चलिरह्या जसका कारण मलाई डर लाग्यो,”टढं सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताएका छन् । 

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भर्याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण २१ जना घाइते भएका छन् । 

स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् । एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।

एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएको छ । आकाशबाट लिइएका तस्बीरमा केही क्षेत्रमा भूकम्पको कारण घरहरू पूर्ण वा आंशिकरूपमा क्षति भएको देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ