arrow

आइतबारदेखि बजेट अधिवेशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलिदेखि शुरु हुँदैछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अपरान्ह ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । 



नयाँ