arrow

जयशंकरले पाकिस्तानी समकक्षी जरदारीलाई भने – आतंकवादीका प्रवक्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
sjayshankar.jpg

नयाँदिल्ली । भारतीय विदेश मन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्ष बिलावल भुट्टो जरदारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ भनेका छन् । 

विदेशमन्त्री जयशंकरको यो भनाइ गोवामा आयोजित सांघाई सहयोग संगठन (एससीओ) सदस्य देशका विदेश मन्त्रीहरूको बैठकपछि आएको हो।

एस जयशंकरले भने, ‘भुट्टो जरदारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले यो भन्दा बढी केही देख्दैनौं ।’ 

आतंकवादसँग सामूहिक रूपमा सामना गर्ने पाकिस्तानी बिदेश मन्त्री जर्दारीको आह्वानमा बिदेशमन्त्री एस जयशंकरले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेको छन, उनीहरु पीडकहरूसँग बस्दैनन्।’ उनले जम्मु कश्मीर भारतको हिस्सा थियो, छ र सधैं रहनेसमेत बताएका छन् ।

 पाकिस्तानी बिदेश मन्त्री जर्दारी गोवामा आयोजित सो सम्मेलनमा भाग लिनका लागि भारत आएका थिए । सन २०१४ पछि भारतमा पाकिस्तानका तर्फवाट यो नै उच्चस्तरीय भ्रमण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ