arrow

नौ वर्षपछि कोपा डेल रेको उपाधि जित्यो रियालले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
copa-del-rey-real-madrid-2023.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबल क्लब रियाल मड्रिडले स्पेनिश कोपा डेल रेको उपाधि जितेको छ । फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियाल नौ वर्षपछि च्याम्पियन बनेको हो । 

सेभियामा शनिबार राति भएको खेलमा ब्राजिलियन युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्धतले रियाल च्याम्पियनप हुन सफल भएको हो ।

खेल शुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियाललाई १–० को अग्रता दिलाएका थिए । यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो । 

कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो । पहिलो हाफको खेल १–० मा नै टुंगिन पुगेको थियो । 

५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए । तर ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियाललाई २–१ को जित दिलाउन सफल भए ।

रियालले यसअघि अन्तिम पटक सन २०१४ मा कोपा डेल रेको उपाधि जितेको थियो । रियालको यो २० औं कोपा डेल रे उपाधि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ