arrow

मणिपुर हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो, सय बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
manipur-agitation-curfew.jpg

नयाँदिल्ली । भारतको मणिपुरमा भड्किएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ । ५४ जना मृतकमध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । 

ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ । यसबाहेक इम्फाल पश्चिमको लाम्फेलस्थित क्षेत्रीय चिकित्सा विज्ञान संस्थानले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थिति नियन्त्रण गर्न सेना र असम राइफलका करिब १० हजार सिपाही राज्यमा तैनाथ गरिएका छन् ।

पीटीआईका अनुसार दुई समुदाय बीचको हिंसात्मक झडपमा धेरै व्यक्तिको मृत्यु भएको हुन सक्ने जनाइएको छ । सय भन्दा बढी घाइते हुन पुगेका छन् । यद्यपि प्रहरी भने यो कुरा पुष्टि गर्न तयार छैन ।

गोली लागेर घाइते भएका धेरैको रिम्स र जवाहरलाल नेहरू चिकित्सा विज्ञान प्रतिष्ठानमा पनि उपचार भइरहेको छ । हिंसा नियन्त्रण गर्न सेना, र्‍यापिड एक्शन फोर्स र केन्द्रीय प्रहरी बलको थप फौज मणिपुर पठाइएको छ।

मणिपुर नरसंहारमा मृत्यु हुनेको संख्या ५४ पुगेको अधिकारीहरुले बताए पनि अनौपचारिक स्रोतहरूले यो संख्या धेरै हुने सक्ने जनाएका छन् । त्यहाँको इन्टरनेट काटिएका कारण जारी हिंसामा के कतिको ज्यान गयो, त्यसको स्वतन्त्र पुष्टी भने अझै हुन सकेको छैन । 

साथै, जारी हिंसालाई नियन्त्रण गर्नका लागि थप सेना, र्‍यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको बलियो सुरक्षा उपस्थितिले सबै प्रमुख क्षेत्र र सडकहरुलाई भने नियन्त्रणमा लिइएको छ ।

कर्फ्यूसमेत लगाइएको छ । अहिले केही घण्टाका लागि खुकुलो पारिएकाले मानिसहरु बाहिर निस्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ