arrow

सरकारले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन –माधव

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
madhav-biratnagar-airport.jpg
तस्त्रिर– माधवकुमार नेपाल आइतबार विराटनगर आउँदा विमानस्थलमा स्वागत गर्दै कार्यकर्ताहरु, रासस ।

मोरङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न  दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्री नेपालले भने, “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानूनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ