arrow

अबदेखि पशुपतिको विद्युतीय शव दाह निःशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
pashupati-electric-crematorium.jpg

काठमाडौँ । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शव अब निःशुल्क शव दाहको व्यवस्था गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले सो निर्णय गरेको हो । 

पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताए । 

थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेकामध्ये एउटा मात्र सञ्चालनमा रहेको छ । 

बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने जनाएको हो । 

अहिले पशुपति आर्यघाटमा दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपैयाँ शुल्क लिने गरेको कोषले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ