arrow

लडाकू विमान घरमा खस्दा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
Serbian_mig-29_missiles.jpg

काठमाडौं । सैन्य विमान घरमा खस्दा तीन जनाको मृत्यु भएको छ । भारतको पश्चिमी राज्य राजस्थानमा सोमबार मिग-२१ सैन्य विमान घरमा खसेको हो ।  

भारतीय वायुसेना मिग-२१ लडाकू विमान राजस्थानको एउटा गाउँमा एउटा घरमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

घटनामा तीन महिलाको मृत्यु भएको छ  । पाइलटलाई सकुशल उद्धार गरिएको छ। 

सुरतगढ एयरबेसबाट नियमित अभ्यासका लागि उडेको विमान राजस्थानको हनुमानगढस्थित बहलोल नगर नजिक प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ