arrow

इमरान पक्राउपछि

पाकिस्तानमा तनाव, धारा १४४ लागू 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
pakistan-imran-khan-protest-pakistan.png
फाइल तस्बिर

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि पाकिस्तानमा तनावको स्थिति उत्पन्न भएको छ । देशैभर इमरानका समर्थकले आगजनी र तोडफोड गरिरहेका छन् । 

इमरानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टी ले देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ । हिंसालाई ध्यानमा राख्दै पाकिस्तानमा धारा १४४ लागू गरिएको छ। पाकिस्तानमा मोबाइल इन्टरनेटपछि ट्विटर सेवा बन्द भएको छ । 

व्हाट्सएप र फेसबुक लगायतका सबै सामाजिक सञ्जालहरू पनि बन्द गरिएका छन्। गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।

इमरानलाई इस्लामाबाद उच्च अदालतबाट पनि झटका लागेको छ। उच्च अदालतले इमरानको गिरफ्तारीलाई सदर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ