arrow

एमाले केन्द्रीय कमिटी पाँचौँ बैठक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
uml central committee meeting.jpg

काठमाडौँ । केन्द्रीय कमिटी पाँचौं बैठक आजदेखि शुरु भएको छ । बैठक ३ दिन चल्नेछ।  । बैठक आजदेखि ३० गतेसम्म बस्नेछ ।

बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रास रुटको प्रतिवेदन, प्रदेशहरूको कार्य योजना, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएको बेला एमालेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् ।

फरार रहेका एमाले सचिव रायमाझीलाई छानबिनमा सहयोग गर्न एमालेले निर्देशन दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकपछि रायमाझीलाई फोन गरेर नेपाल आउन भनिएको छ । 

सोसँगै पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले आत्मसमर्पण गर्ने तयारीमा रहेको बताइको छ। तर अहिलेसम्म रायमाझीले आत्मसमर्पण गरेका छैनन् । रायमाझी हाल भारतमा रहेको बताइएको छ ।

कांग्रेसका शक्तिशाली नेता समातिँदा एमालेमाथि फरार सचिव ल्याउन दबाव रहेको छ। हिजो नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका थिए । 

अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । 

 

IMG_2365.jpg
IMG_2423.jpg
IMG_2362.jpg
IMG_2393.jpg
IMG_2410.jpg
IMG_2412.jpg
IMG_2404.jpg
IMG_2374.jpg
IMG_2402.jpg
IMG_2413.jpg
IMG_2378.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ