arrow

‘कर्मचारीलाई तलब छैन, लडाकुलाई पैसा ?’

अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा ओलीको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
kp-sharma-oli-2080-01-28.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् । 

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे । 

अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए । 

कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ । उनका अनुसार सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेताहरुले माओवादी लडाकुलाई दिने भनेर निर्णय गर्ने र त्यो रकम आफैँ राख्ने कार्य यसअघि लडाकु शिविरमा भएको छ । 

लडाकु शिविरको नाममा नभएका नभएका व्यक्तिको नाममा अर्बौं पैसा घोटाला भएको अध्यक्ष ओलीको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ