arrow

एमाले केन्द्रीय समिति बैठकको अन्तिम दिन ओलीले जवाफ दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
uml-central-committee-2079-05-11.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बिहिबारदेखि शुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल शुरु गरिएको थियो ।

आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

 नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । 

 गत बिहीबारदेखि शुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको वार्षििक कार्ययोजना बनाउन लागेको हो । 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेश गरी पारित गरिनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ