arrow

यो हो नेपालसँग ग्लोबल क्वालिफायर खेल्ने वेस्ट इन्डिजको टोली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
worldcup-global-qualifiers-2023.jpg

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिज टोलीको घोषणा भएको छ । जिम्बाब्वेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल क्वालिफायरका लागि बेष्ट इन्डिजले आफनो १५ सदस्सीय टोली घोषणा गरेको हो ।  

विश्वकप छनोट अघि यूएईविरुद्ध तीन खेल्न लागेको वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सोही टोली एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि सहभागी हुँदैछ । 

विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसहित नेपाल,  वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड, यूएई, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र अमेरिकासहित १० टोलीले सहभागीता जनाउँदै छन् । 

 यस छनोटबाट विजयी दुई टोलीले भारतमा आयोजना हुने विश्वकप खेल्ने छन् । 

वेस्ट इन्डिजको टोली

शाई होप (कप्तान) मा वेष्ट इन्डिजको टोलीमा रोभम्यान पोवेल (उपकप्तान), निकोलस पुरन,  केसिया कार्टी, रोस्टन चेस, जेसन होल्डर, शमराह ब्रुक्स, यानिक कारिया, अकिल हुसेन, कायल मायर्स, गुडाकेस मोती, अल्जारी जोसेफ, ब्रान्डन किंग,  किमो पल र रोमारियो शेफर्ड रहने छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ