arrow

राप्तीसोनारीमा मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका चारमध्ये दुई गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
accident-rapti-sonari.jpg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा भयानक तरिकाले दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये  दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ हुलाकी सडक खण्ड अन्तर्गत चिलहरियामा गएराति ८ बजे नेपालगन्जबाट बैजापुर जादै गरेको  भे ५ प ७००६ नम्बरको स्पेलेन्डर र चिलहरियाबाट दक्षिणतर्फ जाँदै गरेको भे ९ प ६८८७ नम्बरको  पल्सर  मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा  भे ५ प ७००६ नम्बरको स्पेलेन्डर मोटरसाइकल चालक राप्तीसोनारी ४ का स्थानीय  ३७ वर्षीय शिव रावत , भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल सवार तीन जना सोही गाउँपालिकाको वडा नं। ५ का १७ वर्षीय संगीत वैश्य, १७ वर्षीय मनिष कार्की र १८ वर्षीय धिरज डाँगी रहेका छन् ।

घाइतेहरु मध्ये पल्सर मोटरसाइकल सवार संगीत वैश्य र स्पेलेन्डर मोटरसाइकल चालक रावत गम्भीर घाइते भएका छन् । उनीहरुको सबैको नेपालगन्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते रावत सशस्त्र प्रहरी बल नं ३० गणमा कार्यरत रहेका छन् ।

इलाका प्रहरी कार्यालय बैजापुरले दुईवटै मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ