arrow

ओलीले पार्टी बैठकमा आएको प्रदेश संरचना खारेज प्रस्तावलाई अस्वीकारे

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
uml-central-committee-2079-05-11.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको संरचना खारेज गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले पार्टीको मूल नीति र विधिविरुद्ध यो प्रस्ताव आएको र यसलाई केन्द्रीय कमिटीको बैठकले खारेज गर्नुपर्छ भन्दै अस्वीकार गरेका हुन् ।  

केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिए । 

‘एमालेको बैठकमा संघीयताको बारेमा बहस शुरु भयो एमालेले संघीयतामाथि पुनर्विचार गर्नुभयो अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन् । त्यो अध्यक्षले खारेज गर्नुभएको छ । संघीयता अहिले छलफलको विषय होइन,’ पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने । 

केही व्यक्तिले छलफलको क्रममा राखेको विषयलाई पार्टीको आधिकारिक निर्णय जस्तो गरेकोप्रति अध्यक्ष ओलीले आपत्ति जनाएको उनको भनाइ छ । ‘यो पार्टीको विधि र पद्धतिकै हिसाबले गरेको छ संविधानको निर्माता एमाले हो। यो संविधानलाई बनेपछि नाकाबन्दी समेत सहेका छौँ त्यसैले यो संविधानविरुद्ध हामी जान्दैनौँ,’ ओलीको भनाई उधृत गर्दै रिजालले भने । 

यसैगरी शनिबार बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनलाई हेरफेर गरेको छ । स्थायी कमिटी बैठकले अध्यक्षको प्रतिवेदनमा केही संशोधनसहित अनुमोदनको लागि केन्द्रीय कमिटी बैठकमा पठाएको छ ।  

शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूह बनाएर छलफल भएको थियो । एमालेको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरुलाई ७५३ वटै पालिकाको जिम्मेवारी दिएर पार्टीको काममा खटाउने तयारी गरेको छ । 

एक वर्षको सांगठनिक कामको कार्यविभाजन गरेर खटाउने योजना छ । ‘केन्द्रीय कमिटीको बैठकले सबै पालिकामा केन्द्रीय सदस्यहरुलाई संगठन निर्माणमा पुन खटाउने कार्ययोजना बनाउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ