arrow

दार्चुलामा तीन जना मृत फेला

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० वैशाख ३० शनिबार
darchula.png
तस्बिर – फाइल ।

दार्चुला । दार्चुलामा तीन जना मृत फेला परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिकाका २ जना र एक भारतीय नागरिक गरी तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार भीरबाट लडेर मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको मृत्यु भएको छ । लुहार घर नजिकैको भीरबाट लडेर करिब ५० मिटर तल शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

शवलाई जिल्ला अस्पतालमा राखिएको छ । यस्तै मालिकार्जुन गाउँपालिकाकै वडा नम्बर ६ उकुमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । शुक्रबार राति ३५ वर्षीया बुद्धि तिरुवा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको शवलाई जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको छ । 

यसैबीच शनिबार महाकाली नदी किनारमा एक भारतीय नागरिकको शव फेला परेको छ । पिथौरागढ जिल्ला, धारचुला तहसिल अन्तर्गतको ग्राम सिर्दाग बस्ने ३६ वर्षीय राम लाल बर्माको शव महाकाली नगरपालिका–५ नमस्कारस्थित नदी किनारमा फेला परेको सूचना अधिकारी सिंहले बताए । 

बर्माका आफन्त सम्पर्कमा आएकाले पोष्टमार्टम गरी शव बुझाइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ